Logo

पृथ्वी जयन्तीमा पूर्वराजा ज्ञानेन्द्रको यस्तो सन्देश, राजनीतिक दललाई दिए झटारो



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसकेको बताएका छन्। उनले नेपाली जनताले व्यहोरिरहेको वर्तमान राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ र कति जनहित अनुकुल छ भन्ने प्रश्न गर्दै यस्को बारेमा समीक्षा गर्ने समय आएको उल्लेख गरेका छन्।

२ सय ९९ औ पृथ्बी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर आइतबार एक विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले देशमा परिवर्तनको नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप भित्रिएको महसुस आम नेपालीले गरिरहनु परेको उल्लेख गरेका छन्।

उनले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो पार्नु पर्ने औचित्य टड्कारो देखिएको उल्लेख गर्दै अहिले देश कसरी बचाउने भन्ने चिन्ता थपिएको बताए।

शुभकामना सन्देशमा पूर्व राजा शाहले दैविक आर्शीवाद, अध्यम्ह साहस, पौरख , कुटनीतिक कौशलतको अद्धितीय क्षमताबाट पृथ्बीनारायण शाहले नेपालको एकीकरण गरेको र नेपालको निर्माणमा हरेक जातिको, भाषाभाषीको र सांस्कृतिक समुदायका आ–आफ्नै विशिष्ट योगदान रहेको उल्लेख गरेका छन्।

नेपाली भनेको नेपाली नै हुन कुनै अर्को जलप लगाएर नेपाली नहुने भन्दै पूर्व राजा शाहले राष्ट्रको स्वाभिमान र स्वाधीनता रक्षाका लागि पृथ्बीनारायण शाहको दिव्योपदेशको मनन गर्न अझै आवश्यक रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता