Logo

उडेको केही मिनेटमै जहाज दुर्घटना, ६२ को निधन



एजेन्सी । इण्डोनेशियामा एक विमान उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको छ । यस अघि हराइरहेको उक्त विमान दुर्घटना भएको पुष्टि भएको हो ।

विमानमा सवार सबैको मृत्यु भएको छ । त्यहाँको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुख सूर्यन्तो काहियोनोका अनुसार जकार्ताबाट उडान लिने बित्तिकै श्रीविजय एयर जेटलाइनर दुर्घटनाग्रस्त भएको सिएनएनले समाचार लेखेको छ ।

१८२ उडान नम्बरको श्रीविजय एयर उडान जकार्ताबाट पोन्टियानक बोर्निओ जाँदै थियो । यो सनिबार स्थानीय समय २ः४० बजे दियसो देखि हराएको थियो । यो समाचार सार्वजनिक भएपछि सन्सारभरीबाट विमान सकुशल भेटियोस् भन्ने कामना गरिएको थियो ।

इन्डोनेसियाको राष्ट्रिय खोज र उद्धार एजेन्सी बसार्नासका मेजर जनरल बामबा सूर्य अजीले शनिबार पत्रकारहरुलाई भने कि यो विमान राजधानी जकार्ताको उत्तरपश्चिमीय लाकी र लान्काग टापुको बीचमा दुर्घटना भएको हो भन्ने विश्वास गरिन्छ । बसार्नास खोज अभियानमा सक्रिय छ ।

लान्कान टापुका तीन मछुवाहरूले सीएनएनलाई भने कि उनीहरूले एउटा वि स्फो ट सुने र विमान हराइरहेको बेला अचानक ठूलो समुन्द्री लहरको अनुभव गरे ।

इन्डोनेसियाको विमानमा ५० यात्रुहरू थिए । जसमा ४३ वयस्क र ७ बालबालिका र १२ जना चालक दलका सदस्यहरू भएको इन्डोनेसियाली यातायात मन्त्री बुडी कर्या सुमादीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता