ताजा समाचार राजनीति

पत्नीको उपचार गर्न मुम्बइ पुगेका प्रचण्ड आज स्वदेश फर्कंदै

काठमाडौँ । पत्नी सीता दाहालको उपचार गर्न भारतको मुम्बइ पुगेका नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् ।

उनी साँझ काठमाडौँ आइपुग्ने प्रचण्डको सचिवालयले जनाएको छ । उनी पुस २० मा पत्नी सीताको उपचारका लागि मुम्बइ गएका थिए । आज उनी पत्नीसहित स्वदेश फर्कन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *