Logo

‘सिधाकुरा जनतासंग’ न्युज २४ मा बन्द हुने, रवि लामिछानेले छाडे टेलिभिजन



काठमाडौ । न्युज २४ टेलिभिजवाट प्रशारण हुँदै आएको चर्चित कार्यक्रम सिधा कुरा जनतासंग अब बन्द हुने भएको छ । सो कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडे पछि सो कार्यक्रम पनि बन्द हुने भएको हो । टेलिभिजनमा केही दिन मात्र अब प्रशारण भएर बन्द हुने भएको हो ।

लामिछने टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।
पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको लामिछानेले पुष्टि गरेका छन् । लामिछानेले निकै लामो समय अघि नै टेलिभिजनमा राजिनामा बुझाइसकेका थिए । तर स्वीकृत भएको थिएन । अब भने आफूले टेलिभिजन छाडेको जानकारी न्युज टिमलाई गराएका छन् ।

चार वर्षदेखि लामिछानेले चलाउँदै आएको सिधा कुरा जनतासँगको ६ सय ३५औँ एपिसोड बिहीबार प्रसारण भएको छ । पछिल्लो समय राजनीतिक घटनाक्रमका बारेमा कार्यक्रम बन्दै आएका छन् । उक्त कार्यक्रम न्युज २४ बाट अब केही भाग मात्र प्रसारण हुने छ ।

लामिछाने आफै नयाँ टेलिभिजन खोल्ने योजनामा भएकाले न्युज २४ छोडेका हुन् । आफ्नो कार्यक्रम उनले नयाँ टेलिभिजनवाट प्रशारण गर्ने सम्भावना भने छ । लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर पुनः दर्शकमाझ ल्याउने बताएका छन् । तर न्युज २४ मा भने सो कार्यक्रम बन्द हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता