Logo

घट्यो सुनको मूल्य, कति पर्छ तोलाको थाहा पाउनुहोस्



काठमाडौँ । नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला १ हजार ३०० रूपैयाँले घटेको छ ।

छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७०० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ९५ हजार ४०० रूपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९६ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३३० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता