Logo

बर्गर खानकै लागि एक व्यक्तिले २ लाख खर्च गरेर ७२५ किमी यात्रा गरे पछि …



एजेन्सी । कोही मानिसहरुले आफ्नो सोख पुरा गर्नलाई पैसा पानी सरी बगाउने गर्छन् । एक व्यक्तिले बर्गर खानकै लागि ७२५ किमी यात्रा गरेर २ लाख रुपैयाँ खर्च गरेका छन् । ३३ वर्षका एक रशियन अरबपति विक्टर मार्टीनोव हाल आफ्नो शोखको कारण चर्चामा छन् ।

रशियन अरबपति मार्टीनोव प्रेमिकाको साथमा क्रिमियाको अलुस्थामा छुट्टि मनाइरहेका थिए र उनलाई त्यहाँको खानाको मज्जा नआएपछि मैकडानल्ड बर्गरलाई सम्झे । उनी भएको स्थानबाट मैकडानल्ड ७२५ किमी टाढा थियो ।

उनले खाना भन्दा धेरै भाडामा पैसा खर्च गरेका थिए । वास्तवमा विक्टरले बर्गर खानको लागि ७२५ किमीको यात्रा गरे र उनले सवारी साधन रिर्जभ गर्नका लागि २ लाख रुपैयाँ तिरेका थिए । उनी र उनकी प्रेमिका मैकडानल्डमा पुगेर प्रत्येकले ४ हजार ८ सय ८० रुपैयाँको खाना खाएका थिए । विक्टर एक हेलिकप्टर कम्पनीका सीइओ हुन् । उनी आफैले गरेको यो कामको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता