Logo

नेपालगञ्जमा मालपोत कार्यालयका हाकिम केटी लिएर होटलमा पुगेपछि…..



नेपालगञ्ज । जिल्ला मालपोत कार्यालय बॉकेका प्रमुख प्रेम कुमार दौल्याललाई प्रहरीले लिएर गएको छ । उनले राम्रो काम गरेर उनको सुरक्षा दिइएको भने होइन ।

मालपोत कार्यालयका हाकिम केटिसहित होटलमा गएको र केटीसँग कुरो नमिलेपछि परेको उजुरीका आधारमा उनलाई प्रहरीले प’क्राउ गरेको हो ।

उनी मालपोत कार्यालयमा कार्यरत एक जना महिला सहित नेपालगञ्ज स्थित एक होटेलमा भेटिएका थिए । तिनै महिलाले प्रहरीलाई फोन गरेर बताएपछि प्रहरी सक्रिय भएको हो ।

पहिले महिला राजिखुशीमै मालपोतका हाकिमसँग गइन् या घ’ट’ना’को सुरुवात कसरी भयो भन्ने अनुसन्धानकै क्रममा रहेको छ ।

महिलाले मौखिक उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालयबाट कानुनी सहायता कक्षका इन्चार्ज प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीले मालपोत अधिकृत दौल्याल प’क्राउ गरेको थियो ।

यसपछि उनको स्वास्थ्य जाँच गराएर जमुना स्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा राखेको थियो ।

प’क्रा’उ परेका दौल्याललाई पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बाँकेमा राखीएको बाँकेका प्रहरी प्रमुख उपरीक्षक ओम राना मगरले जानकारी दिएका छन् । सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता