Logo

प्रहरीलाई आएको त्यो फोन जसले महानगरीय प्रहरी परिसर ललितपुरमा भयो खैलाबैला



काठमाडौ । प्रहरी कन्ट्रोल रुममा आउने अनेक फोनले प्रहरीलाई कहिले काँही हैरान बनाउँछ । अनावश्यक फोनले हैरान पार्ने प्रहरीलाई मंगलवार पनि त्यस्तै समस्या आइलाग्यो । दिउसो करिब ४ वजेतिर आएको एक फोनले प्रहरीको होस् उडायो ।

ति युवकले आफुले क्रा’इम गर्न गइरहेको सूचना प्रहरीलाई दिएका थिए । प्रहरीलाई फोन गरेर ति युवकले भने, ‘आज राति ठूलो क्रा’इम गर्छु अनि म’र्छु’

दिउसो करिब ४ बजेतिर महानगरीय प्रहरी परिसर ललितपुरको १०० नम्बरमा आएको त्यो फोनले एकछिन प्रहरीमा खैलाबैला भयो । सूचना पाएपछि त्यसै बस्नुपनि भएन । प्रहरी ति युवाको खोजीमा निस्कियो । ति ब्यक्तिले घटना गराउने समय पनि तोकिदिएका थिए ।

सो समय भन्दा पहिले नै युवकलाई पक्राउ गर्नु प्रहरीका लागि चुनौती थियो । उनले राती ८ वजे घटना गराउने सूचना प्रहरीलाई दिएका थिए ।

प्रहरीलाई नै फोन गरेर यस्तो भन्ने हिम्मत भएका मानिसको खोजी गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रज्वल महर्जनले जानकारी दिए। एक घण्टा पनि नबित्दै प्रहरीले ती व्यक्तिको पहिचान गर्‍यो।

काभ्रे घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ बस्ने ३८ वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनले किन त्यस्तो भनेका थिए अहिले सम्म खुलेको छैन । अहिले श्रेष्ठलाई महानगरीय प्रहरी वृत सातदोबाटोमा राखेर अनुसन्धान भइरहेको एसपी महर्जनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता