Logo

आमाको २० दिन अघि नै निधन भएको थियो, १३ र ९ वर्षको बच्चालाई फकाएर आमाको आत्मा फिर्ता ल्याउन भन्दै पुजा गर्दैथिए पुजारी



एजेन्सी । एक पुजारीले निधन भइसकेकी आमाको आत्मा फिर्ता ल्याइदिन्छु भनेर आश्वासन दिएपछि १३ र ९ वर्षका दुई छोराछोरीले २० दिन सम्म आमाको शव घर भित्रै राखे । पुजारीले आमालाई अस्पताल समेत लैजान दिएनन् । अस्पताल लगे भगवान रिसाउछन् भन्ने डर देखाए । ति छोराछोरीले आमाको बारेमा कोही सोध्न आए आमा निदाउनुभएको छ भनेर झुटो बोलेर पठाउने गरेका थिए ।

यो घटना भारत तमिलनाडुको डिन्डिगुलमा भएको हो । एक प्रहरी अफिसर मिर्गौला रोगवाट समस्यामा थिइन् । उनले पछिल्लो समय आफ्नो स्वास्थ्य ठिक नभएको भन्दै प्रहरी कार्यालयवाट विदा पनि मागेकी थिइन् । उनी १३ वर्षको छोरा र ९ वर्षकी छोरीका साथ एक्लै बस्थिन् । उनका श्रीमान् संगै थिएनन् ।

ति महिलाको नाम इन्दिरा भनिएको छ । इन्दिरा नामकी महिला डिंडीगुलको महिला पुलिस स्टेशनमा हेड कांस्टेबलको रूपमा काम गर्थिन्। महिलालाई मिर्गौलामा सम्बन्धित समस्या थियो। केही वर्ष अघि, इंदिरा आफ्ना बच्चाहरूबाट अलग भइसकेका थिइन्। इंदिराले दुबै बच्चाहरूलाई एक्लै हुर्काइरहेका थिइन्।

किडनीको समस्याका कारण स्वैच्छिक सेवानिवृत्तिका लागि पुलिस विभागमा अनुरोध गरेका थिइन्। इंदिरा प्रहरी स्टेशन केही दिन देखि आउन पनि छोडिन् । त्यसपछि एक महिला हवलदार सूचना लिन इंदिराको घरमा पुगिन्। उनले बच्चाहरुसंग आमाको बारेमा सोधिन् । तर उनीहरुले आमा निदाउनुभएको छ भने तर घर भित्रवाट निकै नराम्रो गन्ध आइरहेको थियो ।

आमालाई उठायो भने भगवान रिसाउनुहुन्छ त्यसैले उठाउन मिल्दैन भन्दै छोराछोरीले भनेपछि ति प्रहरीलाई शंका लाग्यो। उनले यस विषयमा अधिकारीहरूलाई सूचना दिइन्। प्रहरी आएर हेर्दा इन्दिराको २० दिन अघि नै निधन भइसकेको थाहा भयो ।

इन्दिराको घरमा पुजा सामग्रीहरु देखियो । पुजारी सुदर्शनको सल्लाहमा उनलाई अस्पताल लगिएन। पुजारीले बच्चाहरू र इंदिराकी बहिनीलाई इंदिरालाई अस्पताल नलैजानु भनेर सल्लाह दिएका थिए । इन्दिरालाई घरमै राखेर पुजा गरेर फिर्ता ल्याउन सकिन्छ भन्दै पुजा गरिएको थियो ।

सुदर्शन पनि त्यस पछि परिवारसँगै बसे। बाहिरबाट घर बन्द गरेर २० दिनसम्म इंदिराको आत्मा फिर्ता ल्याउन पुजा गरियो । पुलिसले पुजारी सुदर्शन र इंदिराकी बहिनीलाई सोधपुछको लागि पक्राउ गरेको छ । घटनाको अनुसन्धान अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता