Logo

कोरोनासंगै काठमाडौमा फेरी अर्को खतरा १ ‘घर बाहिर ननिस्कनु’ भन्दै मन्त्रालयले जारी गर्यो यस्तो सूचना



काठमाडौ । काठमाडौं उपत्यकामा अ’चानक वायु प्रदूषण खतराको तहमा पुगे पछि सरकराले सर्वसाधारणलाई आवश्यक काम वाहेक घर वाहिर ननिस्कन आग्रह गरेको छ । काठमाडौमा दुई दिन देखि घाम लागेको छैन भने सतहमा बादल देखिएको छ ।

आगोबाल्दा निस्कने धुँवा, डढेलो, सवारी प्रदुषण, उत्तरी भारतबाट भित्रिएको औद्योगिक प्रदूषण जस्ता कारणले काठमाडौं उपत्यकामा वायुको गुणस्तर खतराको तहमा पुगेको भन्दै विज्ञहरुले सचेत गराएका हुन्। मानव स्वास्थ्यका लागि खतरा हुने भएकाले आवश्यक काम वाहेक बाहिर ननिस्कन विज्ञले सुझाव दिएका छन् ।

विभागले मंगलबार विज्ञप्ति जारी गरेर प्रदूषण कायम रहँदासम्म बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास र मुटुको समस्या भएका बिरामीलाई सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण बढेको भन्दै मर्निङवाकमा नजान अनुरोध गरेको छ।

सोमबारदेखि घाम नलाग्दा काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको हो। बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएकाले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन विभागले सुझाव दिएको छ।

काठमाडौं उपत्यका बाहेक तराई क्षेत्रका सहरहरूमा पनि वायु प्रदूषणको मात्रा उच्च देखिएको छ। नेपालगञ्ज, विराटनगरसहितका सहरमा वायु प्रदूषण उच्च रहेको विभागले जनाएको छ। फोहोर र आगो बाल्दा वायु प्रदूषण बढ्ने भएकोले यस्तो कार्य नगर्न पनि विभागले नागरिकलाई सचते गराएको छ।

अपिलमा हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरी धुलो, धुँवा उड्ने पेशा, व्यवसाय, निर्माण कार्य केही दिनलाई रोक्नसमेत अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता