Logo

विवाह पछि परेको पतिको पहिलो जन्म दिनमा स्वेताले दिइन् यस्तो सरप्राइज (तस्बिर हेर्नुस्)



काठमाडौ । नायीका स्वेता खड्कासंग विवाह भएपछि उनका पतिको पहिलो जन्मदिनमा स्वेताले निकै प्रेमिल सरप्राइज दिएकी छन् । उनी एक महिना अघि मात्र विवाह बन्धनमा बाँधिएकी थिइन् । सामाजिक सञ्जालमा सक्रिय स्वेताले आफ्ना पतिलाई निकै प्रेमिल ढंगले जन्मदिनको शुभकामना दिएकी छन् । उनले पति संगका रमाइला तस्बिर सार्वजनिक गर्दै स्टाटस लेखेकी छन् ।

पहिलो वैवाहिक जीवन अकल्पनीय रुपमा दुःखद बनेका कारण ६ वर्ष सम्म एकल जिवन विताएकी स्वेता अहिले भने वैवाहिक जिवनको आनन्द लिँदै छन् । सामाजिक सञ्जालमार्फत उनले साझा गर्ने गरेका पोस्टहरुले यस्तै संकेत गर्छ ।

आफ्ना पति विजयेन्द्रसिंह रावतको जन्मदिनमा पनि स्वेताले प्रेमले भरिएका सन्देश सामाजिक सञ्जालमार्फत साझा गरेकी छन् ।शनिबार बिहान १२ बजे फेसबूकमार्फत ‘सार्वजनिक रुपमा’ उनले आफ्ना पतिलाई जन्मदिनको शुभकामना व्यक्त गरेकी छन् ।

‘मेरा प्रिय पति, मेरा गल्तीहरुको सहयात्री, सबैभन्दा उत्तम साथी र सबैभन्दा ठूलो समर्थकलाई जन्मन्दिको शुभकामना १’ स्वेताले आफ्ना श्रीमान् विजयेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै फेसबूकमा लेखेकी छन् । पतिलाई जन्मदिनको शुभकामना दिँदै स्वेताले लेखेकी छन्– ‘मलाई खुसी राख्न तपाईंको माया नै पर्याप्त छ, र सबैथोकका लागि तपाईंप्रति अति नै आभारी छु ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता