Logo

छिट्टै विवाह गर्न लागेका विनयजंगलाई अचानक के भयो, रातारात उपचारका लागि लगियो (भिडियो हेर्नुस्)



काठमाण्डौ । अब छिटै नै विवाह गर्ने भनेर घोषणा गरेका विनयजंग बस्नेतको स्वास्थ्य अवस्था अचानक खराब भएपछि उनलाई रिहाब सेन्टर लगिएको छ । उनी सोमवार सांझ असामान्य अवस्थामा फेला परेका थिए । उनलाई प्रेमिका पुजा विश्वकर्मा लगायतका टोलीले रिहाव सेन्टर लगेका हुन् ।

विनयजंग पछिल्लो केही समय अस्वस्थ्य छन् । उनले आफ्नो स्वास्थ्यमा खासै ध्यान नदिएको उनका आफन्तले बताएका छन् । तर यो अवस्थामा ल्याउने को हो त्यसका बारेमा पत्ता लगाउनु पर्ने भन्दै पुजाले कुरा राखेकी छन् । विनयजंग भन्छन, कतिबेला सानो कुराले पनि निकै ठूलो पीडा दिने रहेछ चितवनमा मेरो बारेमा आएका अभिब्यक्तिले मलाई निकै दुख लागेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालै भरी समाज सेवी विनयजंग बस्नेत र पुजा विश्वकर्माको विबाहको विषयले चर्चा चलिरहेको थियो । विनयजंग वेवारिसे शव ब्यवस्थापनमा सकृय छन् । उनको काममा साथ दिएकी सपना मगरलाई अहिले बीबीसीले सम्मान गरेपछि उनको चर्चा चुलिएको थियो ।

सपनालाई यो काममा सकृय बनाउने पनि विनयजंग नै हुन् । विनयले सपनालाई छोरी भन्छन् । उनले आफ्नो शवको अन्त्यष्टि पनि सपनाले नै गर्ने भनेर घोषणा गरेका छन् । तर पछिल्लो केही दिन देखि सपना र विनयजंग टाढा भएको बताइएको छ । सो कुरालाई विनयजंगलाई पीडा दिएको अनुमान लगाइएको छ ।

एउटै क्षेत्र अनि एकअर्कालाई एउटै मन भएर बुझेको दाबी गर्दै यी दुवैले एकअर्कालाई आफ्नालागी योग्यको ठानेका छन् । पुजा बाँकेकी हुन् । उनी पनि बेवारिसेहरुलाई जिल्लास्तरमा व्यवस्थापन गर्ने काममा लागेको हुनाले यी दुवैको भेट भएको थियो । अब माघको २४ गते उनीहरुले विवाह गर्ने बताएका छन् । तर विवाहको पुर्व सन्ध्यामै विनयजंगलाई रिहावसेन्टर लगिएको छ । त्यहाँ बढीमा १० दिन उनी बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता