Logo

सरकारी सेवामा पहिलो, दोस्रोमा नाम निकालेपछि बिहे गरेका जोडीको २ बर्ष नवित्दै सम्बन्धबिच्छेद



काठमाडौं । भारतमा एक जोडीको सम्बन्धविच्छेदलाई लिएर चर्चा सुरु भएको छ । सन् २०१५ मा यूपीएससीमा शीर्ष स्थान पाएका भारतिय प्रशासकीय सेवा
(आईएएस) अधिकारी टीना डाबी र उनका आईएएस पति अतहर खानले जयपुरको परिवार अदालतमा सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरेका थिए ।

दुवैले आपसी सहमतिबाट यो सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका हुन् । उनीहरूको सन् २०१८ मा विवाह भएको थियो । अतहर कश्मीरी परिवारका हुन् । जब टीना यूपीएससीको प्रथम बनिन्, त्यस बर्ष अतहर दोस्रो स्थानमा थिए । भनिन्छ कि टीना र अतहर प्रशिक्षणको क्रममा एक अर्काको नजिक आए र विवाह गर्ने निर्णयमा पुगेका हुन् ।

दुबै राजस्थान क्याडरका अधिकारीहरु हुन् । उनीहरुको जयपुरमा पोष्टिङ्ग गरिएको छ । टीनाले केही समय अगाडि उनको सामाजिक सञ्जालमा भएका खातामा खानको उपनाम हटाएकी थिइन । यस पछि, अतहरले इन्स्टाग्राममा टीनालाई अनफलो पनि गर्दिएका थिए ।

त्यसबेलादेखि उनीहरूको विवाहको बारेमा विभिन्न चर्चाहरु भइरहेका थिए । सन् २०१८ देखि दुबैको विवाह चलिरहेको थियो । आईएएस दम्पतीलाई धेरै राजनीतिज्ञहरूले बधाई दिएका थिए । जबकि, हिन्दू महासभाले यस विवाहलाई प्रेम जिहाद भनेको थियो । टीना डाबीको परिवार मूल रूपमा जयपुरका हुन् । यद्यपि उनको जन्म भोपालमा भएको थियो ।

कान्वेन्ट अफ जीसस एण्ड मेरीमा अध्ययन गर्ने टीना सुरुदेखि नै उत्कृष्ट छात्रा थिइन । उनी सात कक्षामा हुँदा उनको सम्पूर्ण परिवार दिल्लीमा बसाई सरेको थियो । टीनाका बुबा जसवन्त डाबी र आमा हिमानी दुबै इन्जिनियर हुन् । दुबै यूपीएससीमा रआइएस परीक्षा उत्तीर्ण छन् ।
यूपीएससीमा छनौट भएपछि टीना र अतहरले मसूरीमा प्रशिक्षण लिए । यहाँबाट दुई जना नजिक आएको बताइएको छ । विवाह अघि पनि टीनाले आफ्नो सामाजिक सञ्जालमा स्टाटस अपडेट गरेकी थिइन् । त्यसमा उनले आफु आमिरसँग सम्बन्धमा रहेको भनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता