Logo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको बलात्कार मुद्दा अघि बढ्ने



काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको बलात्कार अभियोगको बचाउ प्रयासमा अमेरिकाको न्याय विभाग असफल भएको छ ।

एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरेका छन् ।

म्यानहटनको संघीय जिल्ला अदालतका न्यायाधीश लेविस काप्लानले कानून अनुसार अमेरिकी राष्ट्रपति कर्मचारी नरहेको भन्दै मुद्दा नै खारेज गरेका हुन् ।

संघीय न्यायाधीशले मानहानीको मुद्दा खारेज गरेसँगै ट्रम्पमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको छ ।

कोलमिस्ट इ जिन कारोलले ट्रम्पमाथि बलात्कारको अभियोग लगाएकी थिइन् ।

ट्रम्पले सन् १९९० को दशकमा म्यानहटनको एक डिपार्टमेन्ट स्टोरमा आफूमाथि यौन दुर्व्यवहार गरेको ती महिलाको आरोप छ ।

उनको सो आरोपले ट्रम्पको मानहानी भएको भन्दै न्याय विभागले बचाउको प्रयास गरेको थियो । तर अदालतले मानहानीको मुद्दा खारेज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता