Logo

तीन बर्षसम्म पुल निर्माण नहुँदा तुइनबाटै खोला तर्न बाध्य



हेटौंडा, कात्तिक ११ । हेटौंडाको कुखरेनी खोलामा निर्माणाधिन पुल तीन बर्ष बित्दासमेत सम्पन्न नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।

तीन बर्ष अगावै पुल निमार्ण गरिसक्नु पर्ने भए पनि ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाई हुँदै आएको छ ।

आमभञ्ज्याङ र मकवानपुरगढी जोड्ने सामरी खोलामा निर्माण हुदैं गरेको पुल नागार्जुन शंकरमाली जेभीको लापरबाहीले गर्दा ३ वर्ष बितिसक्दा पनि निर्माण हुन नसकेको हो ।

१ सय ३ मिटर लम्बाईको पुल २०७४ चैत्र १० गते सम्पन्न गरी सक्नु पर्ने भए पनि २५ प्रतिशत कामसमेत भएको छैन ।

पुल ५ करोड ३७ लाख ९२ हजार रुपैयाको लागतमा निर्माण हुन लागेको हो ।

पुल नबन्दा यात्रुहरु तुइन प्रयोग गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता