ताजा समाचार

बैतडीमा कुटपीटबाट एकजनाको मृ*त्यु

बैतडी । बैतडीमा कुटपीटबाट एकजनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका वडा नं ३ डुङरीका ३२ बर्षीय कमलबहादुर साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ । साउँदलाई स्थानीय विरेन्द्र चन्द्र र ज्ञानेन्द्र चन्दले मदिरा सेवन गरे यही असोज ९ गते राती कुटपीट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

साउँदमाथि कुटपीट भएलगत्तै उहाँलाई उपचारका लागि धनगढी पठाएको र धनगढीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाएको थियो । साउँदको कोहलपुर नपुग्दै सोमबार बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

कुटपीटमा संलग्न भनिएका विरेन्द्र चन्द र ज्ञानेन्द्र चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । उनले भने‘घटनाका बारेमा थप अनुसन्धान गर्न म आँफै घटनास्थल जाँदैछु । घटनाका कसरी भयो भन्ने बिषयमा थप अनुसन्धान पछि मात्रै थाहा हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *