Logo

भान्जाको बिहे खान गएका विकमाथि आक्रमण, बायाँ खुट्टा छिनियो



दाङ । दाङमा एक व्यक्ति बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका ११, नवलपुरका ४५ वर्षीय कुमार विकलाई प्रहरीले सोमबार राति बायाँ खुट्टा छिनिएका अवस्थामा फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहका अनुसार तुलसीपुर १२, गोलौरीमा उनीमाथि आक्रमण भएको जानकारी आएको छ । खुट्टा छिनिएको र दुवै हातमा गहिरो चोट लागेपछि उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको थियो ।

डीएसपी सिंहका अनुसार अत्यधिक रक्तश्राव भएकाले कोहलपुरबाट पनि काठमाडौं लैजाने तयारी भएको भन्‍ने जानकारी आएको छ । उनी गोलौरीमा भान्जाको बिहे खान गएको र त्यहाँबाट घर फर्किने क्रममा पढ्ढा र गौलौरीको बीचको एकान्त स्थलमा अपरिचित समूहले सांघातिक आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

आक्रमण गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन । आक्रमणकारीको खोजी भने भइरहेको डीएसपी सिंहले बताए । स्थानीयले दिएको जानकारीअनुसार सोमबार बेलुका त्यहाँका चौधरी युवाहरुबीच झडप भएको र ती दुई समूहमध्ये एक समूहले विकलाई नचिनेर आक्रमण गरेको हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता