Logo

खोटाङमा ट्याक्सी दुर्घट्ना हुँदा तीन जनाको ज्यान गयो, ६ घाइते



खाेटाङ – खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् ।

दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ की बृहस्पती राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

हिजो बेलुका को १ ज ३४७० नम्बरको ट्याक्सी पौवासेराको बाघखोर भञ्ज्याङमा दुर्घट्ना हुँदा बृहस्पती राईको नौ महिनाको बच्चासहित उदयपुर चौदण्डीगढी नगरपालिका–६ कै छत्रबहादुर राई, दिपक परियार, चौदण्डीगढी नगरपालिकाका चालक यमकुमार बिक, दिप्सन राई र मौवाबोटेकी नविना राई घाईते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता