सामाजिक सञ्जाललाई शिष्ट बनाउन राष्ट्रपति कार्यालयको आग्रह

काठमाडौं- राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेको छ। कुनै सन्दर्भ उल्लेख नगरी राष्ट्रपति कार्यालयले यस्तो आग्रह गर्दै ट्विट गरेको हो।
‘कृपया अनावश्यक टिप्पणीहरू नगरिदिन सबैमा सादर अनुरोध छ। सामाजिक सञ्जाललाई शिष्ट र मार्यादित राख्न हामी सबैको भूमिका रहन्छ। हरेक विषयलाई राजनीतिको आँखाबाट मात्र नहेरिदिन सबैमा आदरपूर्वक अनुरोध गर्दछौं,’ कार्यालयले भनेको छ।