चन्द्रमामा पानी पत्ता लाग्यो

एजेन्सी, ११ कात्तिक । चन्द्रमामा पानी रहेको पत्ता लागेको छ । नासाले सोमबार साँझ यसको खुलासा गरेको हो ।
जर्नल नेचर एस्ट्रोनोमीमा प्रकाशित दुईवटा पेपरमा चन्द्रमामा पानीबारे उल्लेख छ । मलिकुलर वाटर रहेको पत्ता लागेपछि नासाले लुनार बेस स्थापनाको आशामा बल पुग्ने जनाएको छ ।
वैज्ञानिकहरुले चन्द्रमाको माटोमै पानी मिसिएको तथ्य पत्ता लगाएका हुन् । पानी भेटिएको क्षेत्रमा सूर्यको प्रकाश पुगिरहने गरेको छ ।