Logo

खुलामञ्चमा नि:शुल्क खाना खुवाइरहेको समूहले सर्वसाधारणलाई लगाइदियो दशैंको टीका



बन्दाबन्दी शुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएको छ।

गएको १४ चैतबाट कोरोनाभाइरसका कारण अलपत्र नागरिकहरुलाई खाना खुवाइरहेको हाम्रो टीम नेपालले दशैंको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो।

बन्दाबन्दी शुरु भएदेखि कामविहीन तथा बिखर्ची भएर समस्यामा परेकाहरुलाई खाना खुवाइरहेको हाम्रो टीमले दशैंको समयमा पनि आफ्नो परिवारबाट टाढा रही टीका लगाइदिएर सरकारको कमी पूरा गरेको सर्वसाधारणले बताएका छन्। समूहको कामबाट आफूहरु धेरै खुशी मिलेको उनीहरुले बताए।

हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दशैंको बेला घरमा गएर आमाबुवाको हातको आशीर्वाद भन्दा पनि ७ महीनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दशैं मनाउँदा सन्तुष्टि मिलेको बताए। कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता