ताजा समाचार

प्रधानमन्त्रीले लगाए राष्ट्रपतिबाट टीका

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीको टीका ग्रहण गरेका छन्।

प्रधानमन्त्री ओली पत्‍नी राधिका शाक्यसहित राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। राष्ट्रपतिले जमराको माला पनि लगाइदिएकी थिइन्। टीका लगाउने क्रममा सबैले मास्क लगाएका थिए।

कोरोनाभाइरस संक्रमण महामारीका कारण यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम भने रद्द भइसकेको छ।
थप सामग्री : https://www.himalkhabar.com/news/119839

Leave a Reply

Your email address will not be published. Required fields are marked *