Logo

प्रधानमन्त्री ओलीले पत्नी शाक्यलाई लगाई दिए टीका, आफूले लगाएनन्



काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मपत्नी राधिका शाक्यलाई दशैँको टीका लगाइ दिनुभएको छ । तर प्रधानमन्त्री स्वयमले भने टीका नलगाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँले आफ्नै बुबा रहनुभएतापनि कोरोना महामारीको त्रासका कारण यसबर्षको दशैँमा निधार खाली राख्नुभएको हाे । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बुबा मोहनप्रसाद ओली काठमाडौं बाहिर झापामा रहनुभएकाले टीका नलगाउनुृभएको हो । उहाँले यसपालीको टीका पारिवारिक रुपमा लगाउन देशबासीलाई गरेको आग्रह अनुसार पनि आफूले पनि पारिवारिक रुपमा मात्रै टीका लगाउनुभएको हो ।

 

प्रधानमन्त्री ओलीले यसपाली कोरोना महामारीको त्रासको कारण बिगतका बर्ष झैँ प्रधानमन्त्री निवासमा आयोजना हुने टीका लगाउने कार्यक्रम नगर्न निर्देशन दिनुभएको थिायो ।

त्यस्तै अन्य उच्च पदस्त व्यक्तित्वहरुले पनि सार्वजनिक रुपमा टीका लगाउने कार्यक्रमको आयोजना गरेका छैनन् । राष्ट्रपति, उपराष्ट्रपति, पूर्वराजा र प्रधानन्याधिस लगायत मुलुकका उच्चपदस्थहरुले पारिवारिक र भौतिक दुरी कायम गरेर बडादशैँ मनाउन आग्रैह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता