Logo

तुलजा भवानी यात्रा गरिने



काठमाण्डाै – आज तुलजा भवानी यात्रा गरिने भएको छ ।

महानवमीका अवसरमा हिजो काठमाण्डौको हनुमानढोकामा रहेकाे तलेजु भवानी मन्दिर कोरोनाको सङक्रमण जोखिमका कारण नखुले पनि भौतिक दूरी कायम गरी आज तुलजा भवानी यात्रा गरिने भएको हो ।

तलेजु भवानीको मन्दिर वर्षमा एक दिन मात्र महानवमीका दिन खोल्ने प्रचलन थियो । समितिले दिएको साइतमा बिहान ८ बजेर ४७ मिनेटमा भवानी यात्रा सुरु गरिनेछ । भवानीलाई स्थिरासन भने बिहान ९ बजेर ४९ मिनेटमा नै गरिनेछ । यसैगरी खड्गयात्रा पनि आज नै गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता