Logo

दुई बालिकामाथि सामूहिक बलात्कार गरेकाे आराेपमा आठजना पक्राउ



कैलाली। बालिका बलात्कारको आरोपमा कैलाली प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ।

जानकी गाउँपालिका-५ मा १३ र १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएकाे भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो ।

शनिबार राति दुई बालिका बलात्कारमा परेकाे उजुरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

उनले केही फरार रहेकाले पक्राउ परेकाहरूको विवरण खुलाउन नमिल्ने बताए। उनले फरार रहेकाहरूकाे खाेजी भइरहेकाे बताए।

किशोरीहरूको स्वास्थ्य जाँचपछि परिवारको जिम्मा लगाइएको उनकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता