Logo

कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास, प्रतिकार गर्दा निर्घात कुटपिट



कपिलवस्तुमा एक युवतीमाथि सामूहिक बलात्कारको प्रयास भएको छ । शुद्धोधन गाँउपालिका ६ मा शुक्रवार साँझ बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि बलात्कार प्रयास भएको हो ।

बलात्कार प्रयास गरेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुद्धोधन गाँउपालिका कै २१ वर्षीय रोजन मुसलमान र निजको फुपुको छोरा २० वर्षीय कल्लु मुसलमान रहेका छन् । आफूलाई बचाउने प्रयासमा युवती गम्भीर घाइते भएकी छन् । युवतीले प्रतीकार गरेपछि ती दुई युवाले युवतीमाथ कुटपीट गरेका थिए । घाइते युवतीलाई उपचारका लागि तौलिहवा अस्पताल पुर्याइएको प्रहरीले बताएको छ ।

यस्तै, पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता