टिकाको शुभ साइत सोमबार विहान १०.१९ बजे

काठमाडौं, कार्तिक ८। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ ।
यसैगरी देवी विसर्जनको साइत बिहान १०.११ बजे भनेको छ । गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।