प्रधानमन्त्रीको सम्बोधन अपराह्न ४:२५ मा

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार अपराह्न देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले अपराह्न ४:२५ बजे प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्ने जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको सम्बोधनमार्फत दशैंलगायत चाडबाडको समयमा कोरोना संक्रमण फैलिन नदिन अपिल गरिने बालुवाटार स्रोतले जानकारी दियो ।