चाडपार्वमा नक्कली नोट कारोबारी बढी सक्रिय हुन्छन, यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट

काठमाडौं: प्रहरीले नक्कली नोटको कारोबार गरेको अभियोगमा बिहिवार एक जनलाई पक्राउ गरि सार्वजनिक गर्यो।
चितवनको इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले मकवानपुर राक्सीराङ् ८ बस्ने २६ बर्षीय जीतबहादुर लोप्चनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले एक हजार दरका ३ सय २१ थान नक्कली नोट समेत बरामद गरेको थियो। उनले नक्कली नोट खाजा पसल देखि अन्य ठाउँमा दिएको खुलेको थियो।
पछिल्ला दशैंको ट्रेन हेर्ने हो भने नक्कली नोट कारोबारीहरु यो समयमा बढी सक्रिय हुने गरेका छन्। आर्थिक कारोबारबढी हुने भएकाले कारोबारीहरु संक्रिय हुने गरेको प्रहरीको दावी रहेको छ। यस्ता कारोबारीले दिएको नक्कली नोट तपाइको गोजीसम्म पनि आइपुग्न सक्छ। त्यसैले नोटको कारोबार गर्दा एकदमै सचेत हुनुहोला।
यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट।