Logo

औषधिय गुण भएको विश्वकै यो महँगो तरकारी, जसको मूल्य किलोकै एक लाख भन्दा बढी पर्छ



काठमाडौं । बजारमा धेरै थरीका तरकारीहरु पाइन्छ । तरकारी अनुसार मूल्यय पनि फरक फरक छ ।

कुनै तरकारी महँगा छन् त कुनै सस्ता । सामान्य तरकारीको मूल्य महँगो भएमा बढीमा किलोको १ सय देखी २ सय सम्ममा पाइन्छ ।

 

तर यस्तो तरकारी पनि छ, जुन निकै महँगो गर्छ । यतिसम्म महँगो हुन्छ भन्ने कुरा जो कोहीलाई पत्यार नलाग्न सक्दछ । तर यो दुनियामा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै लाख रुपैयाँ बढी पर्दछ ।

हप शूट्स नामको यो तरकारी सोचेभन्दा धेरै नै महँगो छ । यसको बोटमा लाग्ने फूललाई ‘हप कोन्स भन्ने गरिन्छ । यस तरकारीमा औषधिय गुणहरु हुने हुनाले निकै महँगो पर्ने बताइएको छ । यो तरकारी जडीबुटीको रुपमा पनि प्रयोग गरिन्छ ।

यो तरकारी किन्दा १ लाख २८ हजार रुपैयाँ बढी पर्ने गर्छ । यो वनस्पतीको खोज उत्तरी जर्मनीमा भएको थियो । त्यसपछि यसको प्रयोग विस्तारै पूरै विश्वमा नै फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता