Logo

पूर्वराजा ज्ञानेन्द्र शाहले भने – यति बेला नेपाली जनता अभिभावक विहीन टुहुरा बनेका छन्



काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले देश भित्र र बाहिर रहेका समस्त नेपालीहरुका सुख, सुस्वास्थ्य, शान्ति र समृद्धिको लागि विजया दशमीको शुभकामना व्यक्त गरेका छन् ।

उनले बिहिबार शुभकामना सन्देश जारी गर्दै विश्व मानव जगतले असहजता र कठिनाइको सामना गरिरहेको स्थितिमा हर्षोल्लासका साथ विजय दशमी मनाउन सकिने अवस्था नरहेको बताएका छन् ।

उनले शुभकामना सन्देशमा नेपाली जनता अविभावक विहीन टुहुरा बनेको बताउदै भनेका छन् – ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ । संकटमो घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’

शुभकामना सन्देश यस्तो छ –

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता