Logo

१ वर्षीया बालिकाको टाउकोमा कुकर अड्किएपछि ….



काठमाडौं । बच्चाहरुको हामिले धेरै नै ख्याल गर्नुपर्छ । बच्चाहरु चनचले हुने हुनाले कुनै पनि बेला नसोचेको घटना हुन सक्छ । धेरै बच्चाहरुले अरुको सिको गर्दै नसक्ने काम पनि गर्न खोज्छन् ।

जसले गर्दा नसोचेको दुर्घटना निम्तिन सक्छ । यस्तै भारतमा एक अनौठो घटना घटेको छ । सुन्दा अचम्म लग्ला, भारतको गुजरातस्थित भावनगर जिल्लामा एक बच्चीको शिर प्रेसर कुकरमा फसेपनि धेरै नै समस्या भएको छ ।

 

अचानक एक वर्षकी बच्चीको टाउको कुकरमा फसेपछि अस्पताल लगियो । अस्पतालमा बच्चीलाई अक्सिजन दिएर कुकर निकाल्न प्रयास गरियो । तर निकाल्न सकिएन ।

 

अस्पतालमा प्रियान्शी नामकी ती बच्चीको त्यो अवस्था देखेर सबै चकित र दुखीत पनि भए । भारतिय मिडियाका अनुसार बच्चीको टाउकोबाट कुकर निकाल्न कुकर नै काट्नु परेको बताइएको छ । खासमा खेल्ने क्रममा ती बच्चिको टाउकोमा कुकर अड्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता