Logo

खोलामा डुबेर एक पुरुषको निधन



 

गुल्मी जेठ २१, । गुल्मीमा खोलामा माछा मार्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षीय झविलाल कुमालको छल्दीपनाह खोलामा डुबेर शनिबार निधन भएको हो ।

 

खोलामा माछा मार्न लागेका बेला डुबेर बेपत्ता भएका उनलाई स्थानीयले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवराज खरेलले जनानकारी दिए । घटनाबारे अनुसन्धान भैरहेको डिएसपी खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता