Logo

प्रहरीमाथि गोली चलाउने भारतीय नागरिक पक्राउ



बारा प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ । बुधवार सा“झ बारा सिम्रौनगढ न.पा. वडा नं. ९ सानो बंकुलबाट प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिहार मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने वर्ष २८ को बृजकिशोर कुशवाहालाई हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई शंका लागेपछि उनलाई रोक्न खोज्दा कुशवाहाले पेस्तोलबाट प्रहरीमाथि गोली चलाएको थियो तर गोली मिस फायर भएको प्रहरीले जनाएको छ । प्रतिउत्तरमा प्रहरीले गोली प्रहार कुशवाहाको बाया“ पाखुरामा गोली लागेर घाइते भएका थिए । घाइते कुशवाहालाई पक्राउ गरी प्रहरीले अस्पताल भर्ना गरेको छ भने उनको साथबाट पेस्तोल थान १, म्याग्जिनमा लोड राउण्ड ४ गोली बरामद भएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता