Logo

भारतमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार



 

भारतमा कोरोनाबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ ।ती मध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

नयाँ सङ्क्रमित मध्ये एक हजार ४१४ जना भने दिल्ली प्रदेशका मात्रै रहेका छन् । पछिल्लो समयमा दिल्ली प्रदेशमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या धेरै बढेको छ । संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच हजार ९८६ रहेको छ । देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या भने १९ हजार ५०९ रहेको छ ।

पछिल्लो एक दिनमा कोरोनाका कारण भारतमा ३१ जनाको निधन भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कोरोनाका
कारण निधन भएकाहरुको सङ्ख्या पाँच लाख २३ हजार ९२० रहेको छ ।

यो पनि( कोभिडपछि ब्यूतेको अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव(विसं २०७२ को भूकम्पले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पा¥यो । भूकम्पको असर न्यूनीकरण गर्दै लयमा अगाडि बढेको नेपाली अर्थतन्त्र विश्वव्यापी कोरोना महामारीको अवधिसम्म अप्ठ्यारो अवस्थामा आइपुग्यो । कोरोनाले पारेको प्रभावबाट तङ्ग्रिँदै गर्दा मुलुकको अर्थतन्त्रमाथि फेरि चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता