Logo

शनिबार र आइतबार दिने सार्वजनिक बिदामा अभिभावक असन्तुष्ट



 

काठमाडौं । सरकारले आगामी १ जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकोमा अभिभावक भने असन्तुष्ट देखिएका छन् ।सरकारले अर्थतन्त्रमा समस्या परेकाले पेट्रोलियम पदार्थ र विद्युत्को प्रयोग घटाउने उद्देश्यले तत्कालका लागि दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

अभिभावकहरूले भने आइतबार पनि बिदा दिँदा विद्यार्थीहरूको सिकाइ प्रक्रियामा असर पर्ने तथा निजी क्षेत्रमा काम गर्ने अभिभावकलाई व्यवस्थापनमा समेत असर पर्ने भन्दै निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।राजधानि दैनिकमा खबर छ । अभिभावकहरूले आइतबार सार्वजनिक बिदा दिएमा स्कुल तथा कलेजको शुल्कसमेत घटाउनुपर्नेमा समेत जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता