Logo

सत्ता गठबन्धनभित्र असमझदारी र आशंका पैदा भएपछि



 

काठमाडौं, वैशाख २१ । सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ । सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो ।
सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि चितवनको भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबनधनमा आशंका शुरु भएको छ । भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार माओवादीका रेणु दाहालविरुद्ध कांग्रेसबाटै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

पौडेललाई पार्टीले कारवाही गरे पनि उम्मेदवारी फिर्ता लिएका छैैनन् । यस्ता खालको बागी उम्मेदवारीका कारण माओवादीले कांग्रेसलाई शंकाको दृष्टिले हेर्दै आएको छ । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको उम्मेदवार बनेका धनराज आचार्यविरुद्ध पनि कांग्रेसबाटै विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन्। कांग्रेसले कार्कीलाई कारबाही गरे पनि उम्मेदवारी कायमै राखेपछि गठबन्धनको उम्मेदवारले जित्नेमा आशंका पैदा भएको छ ।

गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले एकले अर्कालाई शंकाको दृष्टिकोणबाट हेर्दा अविश्वास पैदा भएको गठबन्धनका एक नेता बताउँछन् ।तर नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले भने फरक–फरक पार्टीबीच गठबन्धन हुँदा केही आंशका हुनु अस्वाभाविक नभएको बताउन्छन् ।नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता