Logo

सुत्केरी आमाका लागि आयो खुशीको खबर : मासिक पाँच हजार भत्ता पाउने



 

 

हेटौँडास्थानीय तहको निर्वाचनमा आफूहरू निर्वाचित भए विपन्न सुत्केरीलाई तीन महिनासम्म रु पाँच हजार मासिक भत्ता दिने गठबन्धन दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनले आज प्रतिबद्धतापत्र (घोषणापत्र)  सार्वजनिक गर्दै पोषण खानाका लागि रकम उपलब्ध गराउने जनाइएकोे छ ।

प्रतिबद्धतापत्रमा हेटौँडा उपमहानगरपालिका क्षेत्रमा रहेको नदीको व्यवस्थापन गरिने, खोलामा अस्थायी स्विमिङपुल निर्माणदेखि सामाजिक सुरक्षा, शिक्षा, नगर विस्तारसम्मका योजनाहरू उल्लेख गरिएको छ । प्रतिवद्धतापत्रमा उपमहानगरवासीलाई ३०० युनिटसम्मको बिजुली निःशुल्क प्रदान गर्नेदेखि प्रत्येक वडामा एमबिबिएस चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने विषय समेटिएको छ । ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगी स्वास्थ्य सेवा दिइने प्रमुखकी उम्मेदवार मीना लामाले घोषणा गर्नुभयो । उहाँले ‘एक घर, एक रोजगारी’लाई प्राथमिकतामा राख्नाका साथै न्यून मध्यम व्यावसायिक कार्यका लागि सीप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता