आज पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो सुनको मूल्य
काठमाडौ , बैसाख १९ । नेपाली बजारमा साताको दोस्रो दिन सुनको मूल्य घटेको छ । आइतबार ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर तोलामा ९८ हजार २ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाइएको छ ।
त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ आज चाँदीको मूल्य प्रतितोला १२९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । । हिजो चाँदीको मूल्य प्रतितोला १३०० रुपैयाँमा कारोबार भएको थियो
यो पनि (पढ्नुहोस् मतपत्र दार्चुला आइपुग्योस्आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९९ हजार मतपत्र आइपुगेको छ । ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक ५८ प्रकारका सामग्री जिल्ला पुगेको छ । निर्वाचन सामग्री आइपुगेसंगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीब्र रुपमा अगाडि बढिरहेको जनाइएको छ ।
हरेक मतदानस्थल र केन्द्रको लागि सामग्री छुट्याउने काम भइरहेको निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताउनुभयो । निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतको लागि एक दुई दिनभित्रै तालिमको आयोजना गर्ने तयारी छ । निर्वाचनमा जिल्लामा एक हजार बढी कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।जिल्लामा कूल ८८ हजार २८५ मतदाता छन् । कार्यालयका अनुसार ११० मतदानस्थल र १३९ मतदान केन्द्र तोकिएको छ ।