Logo

गाडेको अवस्थामा ३१ वर्षीया महिलाको श व फेला



इलाम बैशाख १७, इलाम सदरमुकामस्थित इलाम नगरपालिका–८ मा महिलाको हत्या भएको छ । हत्यापछि गाडेको अवस्थामा ३१ वर्षीया विनिता काफ्लेको शव प्रहरीले उत्खनन गरेको छ । करिब ४ दिन पहिले गाडेको अवस्थामा शव भेटिएको इलामका एसपी महेन्द्र श्रेष्ठले रातोपाटीलाई बताए ।

 

मृतक काफ्ले इलाम नगरपालिका–८ स्थित सिमफिलीङकी हुन् । गाउँभन्दा तल जंगल छेउमा उनको शव भेटिएको छ । शव पोष्टमार्टमका लागि प्रहरीले अस्पताल पठाउने तयारी गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता