Logo

सातामै यति सयले घट्यो सुनको मूल्य



 

काठमाडौं । बैशाख १७, यो साता सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको ६ दिन कारोबार भएको सुनको मूल्य करिब २ हजार रुपैयाँ प्रति तोलाले घटेको जानकारी दिएको हो ।

 

गत साताको शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला १ लाख ९०० रुपैयाँमा भएको थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १७ सय रुपैयाँले घटेर ९९ हजार २०० रुपैयाँमा आइपुगेको हो । यस्तै, गतसाता तोलामा १ लाख ४०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साताको शुक्रबारसम्ममा ९८ हजार ७०० रुपैयाँ छ ।

यो साता पहिलो कारोबार दिनदेखि नै सुन घट्न लागेको थियो । आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेको थियो । यस्तै, मंगलबार ९०० रुपैयाँ, बुधबार ३०० रुपैयाँ र विहीबार १ हजार रुपैयाँ प्रति तोलाले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता