Logo

दाउरा काट्न बनमा गएकी कृष्णलाई हात्तीले कुल्चेर र ….



काठमाडौ । सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा आज हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हात्तीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ स्थित कैली खोला नजिक आक्रमण गर्दा अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ की ५३ वर्षीय कृष्णमाया नेपालीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले बताउनुभयो ।

दाउरा काट्न गएकी नेपालीलाई कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको हात्तीले आक्रमण गरेको गाउँलेले बताएका छन् । घाँस काट्दै गरेकी उनकी साथी भागेर ज्यान जोगाएकी र दाउरा काटिरहेकी कैली भाग्न नसक्दा हात्तीले कुल्चेर मृत्यु भएको स्थानीय बाबुराम बस्नेतले जानकारी दिनुभयो । मोहनपुरस्थित सुकुम्वासी टोलमा बसोबास गर्ने सुकुम्वासी कैलीका श्रीमान्, छोरा र बुहारी छन् । शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता