Logo

उदयपुरमा चट्याङ पर्दा भिषण आगलागी,दुई घर जलेर नष्ट



 

उदयपुर । ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङमा मङ्गलबार साँझ चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो ।

टङ्कको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि हावाहुरीका कारण आगो सल्किएको थियो । दुवै घरको अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहितको सामग्री जलेर नष्ट भएको ताप्ली–१ का दिलबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरी चौकी रुपाटारको टोली घटनास्थलमा पुगेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

यो पनि( प्रचार र प्रतिबद्धताको पुरानै शैली(आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारले पत्यारिलो तवरले नयाँ प्रतिबद्धता गर्न सकेका छैनन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारहरूले पुरानै प्रचार शैली र पुरानै ढर्राका प्रतिबद्धता सुनाउन थालेका छन् ।

भङ्गाहा नगरपालिका–३ कटैयाकी ६० वर्षीया रामराजी यादव भन्नुहुन्छ, “सबैका नारा उही पुराना छन् ।” जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकामा उम्मेदवारहरू पम्पलेट, ब्यानर र अन्य प्रचार सामग्रीसहित मतदातामाझ धाउन थालेका छन् । भङ्गाहा–५ सीतापुरका ८५ वर्षीय मानबहादुर भुजेल भन्नुहुन्छ, “चुनावी नारा पूरानै छन्, नारामा पत्यार र आकर्षण छैन ।”

संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि निर्वाचित जनप्रतिनिधि जिम्मेवार बन्न नसक्दा जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । बर्दिबास–१४ का ७० वर्षीय खड्गबहादुर सिंह भन्नुहुन्छ, “जनजीविकाको क्षेत्रमा अपेक्षित सुधार आउन सकेको छैन ।”

मुुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएयता यसपालि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । आसन्न निर्वाचनमा जनताको मत पाउने अपेक्षासाथ घरदैलो थालेका उम्मेदवारले अब परम्परागत प्रचार शैली र प्रतिबद्धताको सट्टा ठाउँ–ठाउँका आवश्यकता पहिचान गरी तिनको समाधानको प्रक्रिया बताएर आश्वस्त बनाउनुपर्ने अवस्था छ । सबैजसो मतदाता भेट्न घरघरै पुग्दैछन् । जिल्लामा ७३० पदका लागि तीन हजार ५५३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दश १० नगरका नगरप्रमुखका लागि १५० र पाँच गाउँपालिकाका अध्यक्ष पदका लागि ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता