Logo

कोरोनापीडितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा – डा. बाबुराम भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनापीडितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताएका छन् ।

मंगलबार डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत सो कुरा बताएका हुन् । उनले कोरोना महामारी झन विकराल बन्ने बताउदै भने कोरोनापीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।यसले महामारी झन् विकराल बन्नेछ

जनताको ज्यान जोगाउन भ्रष्टाचार र फजुल खर्च रोकेमा पुग्ने बताएका छन् ।

उनले भनेका छन् – ‘कोरोनापीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।यसले महामारी झन् विकराल बन्नेछ!यो पैसाको अभावले हैन;जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छ;भ्रष्टाचार/फजुलखर्च रोके पुग्छ।अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं;तर सबैलाई निशुल्क गरौं!’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता