Logo

नेकपा एमालेबाट काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल



काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उप मेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले भर्खरै यो निर्णय गरेको हो ।

२०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो। पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। स्थापित अहिले बागमती प्रदेश सांसद छन्। उनी बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन्।

त्यस्तै, एमालेले उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी पूर्व मिस नेवा हुन्। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। यस्तै बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ ।

एमालेले ९ वटा उपमहानरको पनि उम्मेदवार टुंग्याएको छ । जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बााकी छ । बाँकी उपमहानरमा प्रमुख र उपप्रमुख दुबै उम्मेदवार टुंगो लगाएको छ ।

धनगढी ः प्रमुख रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु
नेपालगञ्ज ः प्रमुख पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल
तुलसीपुर ः प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी
घोराही ः प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी
बुटवल ः प्रमुख बाबुराम खड्का, उपप्रमुख साबित्रादेवी अर्याल
हेटौंडा ःअनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले
धरान ः प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्ब
इटहरी ः प्रमुख यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी
कलैया ः विनोद साह

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता