Logo

ललितपुरमा अक्सिजन प्लान्ट वि’स्फोट दुईको निधन



 

काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको वि’स्फो’टमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो ।

भारतको पश्चिम चम्पारम रतनपुरूवाका ४५ वर्षीयको बृज महतो र भारतकै २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो । प्रहरीका अनुसार गम्भीर घाइते कुमार महतोको उपचारको क्रममा र बृज महतोको घट्नास्थलमै मृत्यु भएको हो।

 

चन्द्रागिरी नगरपालिका(२ दहचोकका ४९ वर्षीय गंगाराज शर्माको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ।

पर्सा घर भई लुबु चागाथली बस्दै बएका ४३ वर्षीय रमेश अधिकारी, महालक्ष्मी नगरपालिका(८ का ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका(९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका(५ चन्द्नपुरका २२ वर्षीय ईश्वर बजगाई, ओखलढुंगा घर भई महालक्ष्मीस्थान बस्दै आएका २० वर्षीया अन्जना पौडेल घाइते छन्।

उनीहरू पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्। बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा सिलिन्डर बि ‘ष्फो’ट भएको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता