Logo

भालुलाई खाना खुवाउने महिला कारबाहीमा



न्युजर्सी, (एजेन्सी) ।

अमेरिकाको स्मोकी माउन्टेनमा भालुलाई आफ्नै हातले खाना खुवाउँदै गरेको टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने एकजना आगन्तुकलाई कारबाही गरिएको सरकारी अधिकारीले बताएका छन्। टेन्नेस्से वन्यजन्तु आरक्षण निकाय (डब्ल्युभिएलटी) ले गत महिना गात्लिन्वर्गमा बिदा मनाउने क्रममा ती महिलाले कालो भालुलाई खाना खुवाएको जनाएको छ।

उक्त टिकटकमा ती महिलालले भालुको मुखमा चकलेट र तरबुजा राख्दै गरेको देखिन्छ। डब्ल्यू भिएलटीले उक्त भिडियो पोस्टको लिन्कमा ‘यसका कारण गम्भीर चोटपटक लाग्न सक्ने’ चेतावनी लेखेको छ।

फुटेजमा देखिएकी भर्जिनियाको ड्यानभिल्ले निवासी २१ वर्षीया क्रिस्टिन हेइलीलाई अवैध ढंगले भालुलाई खाना खुवाएर अपराध गरेको अभियोग लगाइएको प्रहरीले जनाएको छ। नर्थ क्यारोलिनाको केन्टुकीसँग जोडिएको टेन्नेस्सेका जंगलमा ६ सय पाउन्ड तौलसम्मका कालो प्रजातिका भालु पाइन्छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता