आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ लगायत पहाडी भूभागका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १,मधेस प्रदेश, बागमती र गण्डकीका पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । बुधबार पहाडी भूभागसँगै मधेस प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो पनि : बझाङमा बिहानै भूकम्प
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा आज बिहान भूकम्प गएको छ । सैनापसेला केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३ मिनेटमा ४।१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले ट्वीटरमा उल्लेख गरेको छ ।
भूकम्पको धक्काको महसुस सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि गरिएको छ ।