एकाबिहानै बझाङमा भूकम्प गयो
बझाङ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा आज बिहान भूकम्प गएको छ । सैनापसेला केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३ मिनेटमा ४।१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले ट्वीटरमा उल्लेख गरेको छ ।
भूकम्पको धक्काको महसुस सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि गरिएको छ । भूकम्पका कारण क्षति भएरनभएको विवरण भने आएको छैन ।
नेपालको इतिहासमा अभिलिखित वि।सं। १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्पलाई नेपालमा भएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छन् । नेपालको भूकम्प इतिहास केलाउँदा वि।सं। १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ ।
नेपालमा अन्य थुप्रैपटक भूकम्प गएको भनाइ रहेको भए तापनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये वि।सं। १७३७ सालको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत निम्त्याएको थियो भने वि।सं। १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो ।
यसले के कति धनजनको क्षति पुर्यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ । वि।सं। १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौँ र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए ।
भक्तपुरमा चाहिं यस भूकम्पले निकै मानिसको ज्या न लिएको थियो । यस्तै वि।सं। १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्यायो । उल्लेखित भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए तापनि त्यसपछिका नेपालमा गएको भूकम्पहरूको तथ्यांक स्पष्ट पाइन्छ ।