Logo

प्रचण्डकी बुहारी पोखराको उपमेयरमा सिफारिस



पोखरा । पोखरा महानगरपालिकामा मेयररउपमेयर बाँडफाँटका लागि गठबन्धन दलबीच घम्साघम्सी चलिरहँदा माओवादी केन्द्र कास्कीले भने मेयर र उपमेयरका ३र३ जना उम्मेदवार चयन गरेको छ।

ती नामहरू अब प्रदेश कमिटीमा पठाइने माओवादीले जनाएको छ। पोखरा महानगरको सोमबार बसेको बैठकले मेयरको लागि माओवादी कास्की संयोजक बखानसिंह गुरुङ, प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रस्ताव गरेको छ।

उपमेयरमा गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश त्रिपाठीलाई सिफारिस गरेको छ।‘गबठन्धनसँग छलफल भैरहको छ । यहाँ कसले टिकट पाउने टुं’गो भएको छैन,’ इन्चार्ज दीपक कोइरालाले भने, ‘हामी एक्लै ल’ड्नु प’रेपनि तयारी अवस्थामा रहेका हौं ।’ सत्तारुढ गठबन्धन कास्कीमा पनि हुने निर्णय यसअघि नै भैसकेको छ । तर गठबन्धन भित्र सहमति भने भएको छैन ।

पोखरामा एकीकृत समाजवादीले दाबी गरेको छ । तर कास्की कांग्रेसले एक विज्ञप्ति जारी गरेर एकीकृत समाजवादीसँग तालमेल गर्न नसक्ने जनाएको छ । काठमाडौंमा आज बसेको गठबन्धन दलहरुको बैठकमा पनि पोखरा महानगरबारे सहमति जुट्न सकेन ।

माओवादीले प्रस्ताव गरेकामध्ये विश्वप्रकाश यसअघि २०७४ सालको चुनावमा मेयरको प्रत्यासी थिए। कांग्रेससँग चुनावी तालमेल भएपछि उनले मेयर छाडेका थिए।उपमेयरमा प्रस्तावित गोमा ढकाल भने निर्वाचनमा होमिएकी थिइन्। उनले गएको चुनावमा ८ हजार ७९६ मत ल्याएकी थिइन्।

सिर्जना त्रिपाठी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन्।
पोखराको मेयर नेकपा एकीकृत समाजवादीले दाबी गरिरहँदा माओवादी केन्द्र मौन थियो।

गठबन्धनमै रहे पनि माओवादीले के पद माग्छ भन्नेबारे गठबन्धन बैठकमा छलफल नभएको नेपाली कांग्रेसका कास्की सभापति किशोरदत्त बरालले बताउँदै आएका थिए।तर, कांग्रेसले पोखराको मेयर आफूले र माओवादीलाई उपमेयर दिन तयार रहेको संकेत भने गरेको थियो।

यस्तोमा आन्तरिक किचलोमै रुमल्लिएको र लामो समयसम्म महानगरको नेतृत्व चयन गर्न नसकेको माओवादीले पनि मेयर र उपमेयरको उम्मेदवार सिफारिस गरेपछि गठबन्धनभित्रै पनि माओवादीले उपमेयरमा भाग खोज्ने सम्भावना बढेको छमाओवादी केन्द्रले वैशाख ५ गतेभित्र देशका सबै स्थानीय तहका उम्मेदवार सिफारिसका लागि पार्टी कमिटीलाई निर्देशन दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता